जिल्ला स्तरबाट संचालित बाली संरक्षण कार्यक्रम तथा कृषकहरुलाई बाली संरक्षण सम्वन्धि सेवा र टेवा पु¥याउने उद्देश्यले २०४९।४।१ मा ललितपुर जिल्लाको हरिहरभवनमा स्थापना भएको यस प्रयोगशालाको कार्यक्षेत्र मध्यमाञ्चल विकासक्षेत्रको १९ जिल्लाहरु रहेका छन र निम्न अनुसारका बाली संरक्षण कार्यक्रमहरु संचालन गर्नु यसको  Mandate  रहेको छ ।  

  • कृषकहरुको बालीनालीमा भएको रोगकीराको आक्रमण र समस्याहरुको निरीक्षण गरी एकीकृत ब्यवस्थापन गर्न सेवाटेवा उपलब्ध गराउने ।
  • बाली संरक्षणका कार्यहरुमा प्राविधिक सुपरिवेक्षण एवं सेवाटेवा पु¥याउने ।
  • कृषकस्तरमा बाली संरक्षण प्रविधि प्रमाणिकरण अध्ययनहरु सञ्चालन गर्ने ।
  • बाली शत्रुहरुको अभिलेख राखी अद्यावधिक गर्दै जाने । 
  • एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधिको प्रचार प्रसार र अनुगमन, सुपरिवेक्षण गर्ने ।
  • आर्थिक दृष्टिकोणले महत्वपुर्ण विभित्र वालीहरुको मुख्य मुख्य रोग तथा किराहरुको पहिचान गर्ने, समस्या निराकरण गरी (वाली अनुसार) नियन्त्रण ब्यबस्थापन गर्नमा सहयोग  तथा प्रविधिक सुचना  अदान प्रदान गरी वाली संरक्षण सेवा टेवा दिने । 
  • विभित्र बालीमा देखिएका रोग तथा किराहरुका नमूना सङ्कलन र संरक्षण गरी प्रयोगशालामा रोग तथा किराहरुको  म्यूजियम वनाउने ।

रणनिति तथा कार्यनीतिहरु

  • प्रयोगशाला निदान सेवाः— मध्यमाञ्चल विकास क्षेत्रका कृषकहरुको वालीनालीमा देखा परेका समस्याहरु सम्वन्धित खेतवारीवाट प्रयोगशालामा ल्याई तथा यथाशिघ्र पहिचान गरी तिनीहरुको नोक्सानीको आधारमा उचित व्यवस्थापन गर्न मद्दत गर्ने ।
  • आकस्मिक वाली संरक्षण सेवाः—आफनो क्षेत्रमा आकस्मिक रुपमा वालीमा देखिएका रोग तथा कीराहरुको समाधानकालागि सम्वन्धित जि.कृ.वि.कार्यालय ,क्षे. कृ. निर्देशनालयसँग समन्वयगरी कृषकहरुलाई प्राविधिक तथा भौतिक सेवा टेवा पु–याउने ।
  • वाली संरक्षण म्यूजियमको स्थापनाः— मध्यमाञ्चलमा देखिएका वाली विरुवाका शत्रुहरु (रोग, कीरा, झारपात तथा मुसा आदि) तथा फाईदाजनक मित्र जीवहरुको पहिचान गरि, सङ्कलन तथा संरक्षण गरि प्रयोगशालाहरुलाई क्षेत्रीय वाली संरक्षण म्यूजियमको रुपमा विकसित गर्ने ।
  • वायो पेष्टीसाईड प्रभावकारीता अध्ययनः—मध्यमाञ्चलमा देखिएका वाली संरक्षण सम्वन्धि समस्या समाधानका लागि विषादी प्रयोगमा न्यूनिकरण गर्ने कार्यमा जि.कृ वि.कार्यालयसँग समन्वयगरी जैविक विषादीको प्रयोग गर्न थप टेवा पु–याउन प्रोत्साहनका लागि सहभागिमूलक प्राविधिक प्रमाणिकरण अध्ययन गर्ने ।
  • क्षेत्रीय बाली शत्रुजीब रेकर्ड अध्यावधिक गरी क्षेत्रीय पेष्ट म्याप तयार गर्ने साथै जि. कृ वि. लाई जिल्ला पेष्ट म्याप वनाउन अभिप्रेरित गर्ने ।
  • राष्ट्रिय आई.पी. एम. कार्यक्रमसँग समन्वय गरी कार्य संचालन गर्ने ।
For further information, please contact us