क्षेत्रीय बाली संरक्षण प्रयोगशालको आधिकारिक वेभसाईडमा याँहाहरुलाई हार्दिक स्वागत छ ।

नेपालमा ६५ प्रतिशत जनताहरु कृषिमा आश्रित भई आफनो जिबिकोपार्जन गरिरहेको छन् । हाल उत्पादन भईराखेको मुख्य खाद्यान्न बालीहरुको उत्पादकत्व कम भईराखेको अबस्थामा र कृषकहरुले खाद्यान्न बाली र तरकारीबालीहरुमा लाग्ने रोग कीराहरुको व्यवस्थापन गर्न घातक रासायिनक बिषादीहरुको प्रयोग गरिरहरेका छन् । यस परिप्रेक्षमा खाद्यान्न र तरकारी बालीहरुको स्वच्छ उत्पादनमा बृद्दि गरी खाद्य एवं पोषण सुरक्षालाई प्रवर्धन गर्नु अहिलेको समयमा आबश्यकताको बिषय हो ।
२०४९ सालमा क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, हरिहरभवनको स्थापना देखि मध्यमान्चल बिकास क्षेत्रका १९ जिल्लाहरुको जिल्ला कृषि बिकास कार्यालयहरु लाई बालीसंरक्षण कार्यक्रमलाई Technical backstopping पुरयाई र बिभिन्न बालीहरुमा लाग्ने रोग कीरा व्यवस्थापन गर्न, Integrated Pest Management Farmers Field School को संचालन गर्न र Pest Diagnosis गरी समस्या समाधान गर्नको लागी सेवा पुरयाउदै आईरहेको छ ।
क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, हरिहरभवनले क्षेत्रीय स्तरमा संचालन भएका गतिबिधिहरुलाई जानकारी दिने  उदेश्यले यो वेभसाईड संचालनमा ल्याएको छ । यस वेभसाईडमा भएका बिवरणहरुले सरोकारबालाहरु लाई बाली संरक्षण सम्वन्धी आबश्यक जानकारी दिनेछ भन्ने मैले बिश्वास लिएको छु । यो आधिकारीक बेभसाईडलाई बढी उपयोगी बनाउनको लागी याँहाहरुको अमुल्य सुझाबको अपेक्षा गर्दछु ।


सुरेन्द्र प्रसाद पोखरेल
बरिष्ठ बाली संरक्षण अधिकृत   

For further information, please contact us