परिचय
दिगो कृषि बिकास गर्दै कृषि जन्य बस्तुहरुको उत्पादकत्व बृद्घि गर्ने र उत्पादनको गुणस्तरमा सुधार ल्याउने राष्ट्रिय लक्ष्य रहेको सन्दर्भमा कृषि बिकासमा बाली संरक्षणको भुमिका अहम रहेको छ । बाली कटानी अघि र पछि शत्रुहरुको प्रकोप एवं प्रशोधन तथा ढुवानी प्रकृयामा २०—३०% सम्मको नोक्सानी भईराखेको छ । यी नोक्सानीहरुलाई कम गर्न बाली संरक्षण निती अनुरुप जिल्ला स्तरमा बाली संरक्षण कार्याक्रमलाई टेवा पुरयाउने उदेश्यले २०४९।४।१ क्षेत्रीय बाली संरक्षण प्रयोगशालाको स्थापना गरिएको हो ।

उदेश्यहरु

मध्यमान्चल बिकास क्षेत्रका कृषहरुको बालीनालीमा भएको रोग कीराहरुको नमुना प्रयोगशालामा ल्याई Diagnosis गरी  क्षतिको मात्रा अनुसार एकीकृत नियन्नण गर्न सहयोग पुरयाउने ।
 
जिल्लाहरुका बाली संरक्षण कार्यक्रमहरुमा प्राबिधिक सुपरिबेक्षण तथा सेवा टेवा पुरयाउने ।
 
बाली संरक्षण सम्बन्धी समस्याहरु समाधान गर्नको लागी कृषकस्तरमा बाली संरक्षण सम्वन्धी प्रबिधि प्रमाण्ीकरण अध्ययनहरु संचालन गर्ने ।

मध्यमान्चल क्षेत्रका प्रमुख बालीका प्रमुख रोग कीराहरुको अभिलेख राख्ने र अध्यावधिक गर्ने ।

IPM लाई बाली संरक्षण मेरुदण्ड मानी कृषक समक्ष प्रचार प्रसार गर्ने ।
 
जिल्लामा संचालित क्ष्एः कार्यक्रमहरुको अनुगमन तथा सुपरिबेक्षण गर्ने ।   

 

For further information, please contact us